९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

कुमारी बैंकको ६ लाख ४१ हजार कित्ता सेयर बिक्रीमा

१८ फागुन, काठमाडौँ । कुमारी बैंकले ६ लाख ४१ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकका विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको ६ लाख ४१ हजार २७५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालय वा काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

साथै, तोकिएको अवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : March 1, 2024 at 11:45 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/