१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

कुमारी बैंकको ८ लाख ११ हजार कित्ता सेयर बिक्रीमा

१५ फागुन, काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले ९ जना संस्थापक सेयरधनीको नाममा रहेको ८ लाख ११ हजार ७३५ कित्ता सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखेको सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज फागुन १५ गतेबाट ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयमा सो सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनैपनि आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : February 27, 2024 at 11:37 am