१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पुरानो लाभांश लिन सेयरधनीलाई सिटिजन्स बैंकको अनुरोध


९ फागुन, काठमाडौँ । सिटिजन्स बैंकले सेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । बैकले एक सूचना जारी गर्दै केही सेयरधनीले आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश नलिएकोले लिन अनुरोध गरेको हो ।

बैंकले लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ अनुसार ५ वर्षसम्म पनि सेयरधनीले लाभांश नलिए सो लाभांश कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको जनाउँदै बैंकले ३५ दिनभित्र उक्त लाभांशको लागि दाबी गर्न सेयरधनीलाई आग्रह गरेको छ ।

लाभांश लिन जाँदा सेयरधनीले आफ्नो परिचयपत्र पनि साथमा बोक्नुपर्नेछ । लगानीकर्ताले सिटिजन क्यापिटलमा आवेदन दिएर भौतिक सेयर प्रमाणपत्र तथा नगद लाभांश पूर्जा संकलन गर्न सक्ने बैंकले  जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार ०९:३२