१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल एसबिआई बैंकद्वारा पशुपति मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना


८ फागुन, काठमाडाैँ । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । गत फागुन ५ गतेदेखि भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक (जोखिम, अनुपालन र एसएआरजी), आलोक कुमार चौधरीको ४ दिने नेपाल भ्रमणको अवसर पारेर बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वृषारोपण कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा आलोक कुमार चौधरीद्धारा पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडांमा वृक्षारोपणको शुभारम्भ गरिएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १६:५२