८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

कृषि विकास बैंकले बोलायो साधारण सभा

८ फागुन, काठमाडाैँ। कृषि विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ। बैंकको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ३० गते बिहान ११ बजे भक्तपुर बोडे स्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा १७ औँ वार्षिक साधारण सभा बाेलाएकाे हाे ।

 बैंकले गत आवका लागि सेयरधनीलाइ कुनै प्रकारको लाभांश वितरण नगर्ने भएकाे छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल गर्ने, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि बैंकले फागुन १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसकाे अर्थ फागुन १५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीले सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : February 20, 2024 at 9:12 am