३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन्ः सीईओ ढुंगाना


६ फागुन, काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरुले लाभांश दिन नसक्ने बताएका छन् । महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै  सीईओ ढुंगानाले यस्ताे बताएका हुन् ।

विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको सीईओ ढुंगानाकाे भनाई छ । अहिले बजारमा खरिद बिक्रीदेखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए । जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनको भनाई छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १४:०७

https://srdb.com.np/