१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एनआईसी एशिया बैंक सबै सूचकमा उत्कृष्ट


४ फागुन, काठमाडौँ । चालु अर्थिक वर्षको पुस मासान्तसम्मको वित्तीय विवरण एनआईसी एशिया बैंक लिमिटेड सबै सूचकमा उत्कृष्ट रहेको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासमाको तथ्यांक अनुसार बैंक सबै सूचकमा उत्कृष्ट देखिएको हो ।

पछिल्लो समय बैंकका विषयमा विभिन्न अफवाहहरु फैलाइएको भन्दै त्यसको खण्डनस्वरुप बैंकले पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार बैंकको मोबाईल बैंकिङ प्रयोगकर्ता अन्य वाणिज्य बैंक भन्दा राम्रो देखिएको छ । अन्य तुलनात्मक अनुपातमा एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ प्रयोगकर्ता १७७ प्रतिशतले बढी रहेका छन् ।

त्यस्तै, बैंकको निष्कृय कर्जा पनि अन्य बैंकको अनुपातमा कम रहेको छ । १९ वाणिज्य बैंकको निष्कृय कर्जा अनुपात ३.८१ प्रतिशत रहदा एनआईसीको निष्कृय कर्जा अनुपात १.१९ प्रतिशत मात्र रहेको छ । जुन अन्य बैंकको तुलनामा ६९ प्रतिशतले कम हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १८:०१