८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

क्यानडाविरूद्धको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज नेपालद्बारा क्लिन स्वीप

२९ माघ, काठमाडाैँ । क्यानडासँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज नेपालले क्लिन स्वीप गरेको छ । सोमबार भएको अन्तिम खेलमा पनि नेपालले ९ विकेटको विजय निकाल्यो । जितका लागि भीम सार्की र अनिल शाहको सतकीय योगदान रह्यो ।

अन्तिम खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा भेट्टायो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रनको योगफल बनायो । क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ५० रन जोडेका हुन् ।

त्यस्तै क्यानडाका अर्का ओपनर निखिल दत्तले ४५ रन बनाए भने कप्तान साद बीन जाफरले ३१ रन बनाए । हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ र श्रीमान्थ विजेरत्नले २२ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

क्यानडालाई मध्यम रनमा रोक्ने क्रममा नेपालका लागि डेब्यू खेलाडी हेमन्त धामी र कुशल मल्लले समान दुई/दुई विकेट लिए भने ललित राजवंशी र अकाश चन्दले समान एक/एक विकेट लिए ।

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उक्त सिरिजको क्लिन स्वीप गर्ने लक्ष्यका साथ खेल्दैँछ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १६:१९