५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एकै पटक ५० बढी शाखा बन्द गर्दै एनआइसी एसिया बैंक

२६ माघ, काठमाडौँ । बजार विस्तारमा आक्रामक रणनीतिका साथ अघि बढेको एनआइसी एशिया बैंकले एकै पटक ५० शाखा बन्द गर्ने भएको छ। आफ्ना केही शाखा निरन्तर घाटामा गएकाले ती शाखा बन्द गर्ने अनुमति माग्दै एनआइसी एशिया बैंकले  नेपाल राष्ट्र बैंकलाई निवेदन दिएको छ ।

बैंकले सरकारका विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा विस्तारित एक्सटेन्सन काउन्टर र ग्रामीण क्षेत्रमा रहेका शाखा बन्द गर्न लागेको हो । शाखा र कर्मचारी धेरै भएकै कारण बैंकको सञ्चालन खर्च पनि बढी रहेको छ । खर्च धान्न गाह्रो भएसँगै बैंकले एकै पटक ५० भन्दा शाखा बन्द गर्ने तयारी थालेको हो । बैंकको शाखा खोल्न र बन्द गर्न राष्ट्र बैंकको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था रहेको छ । राष्ट्र बैंकले अनुमति दिएमा मात्रै बैंकले ती शाखा बन्द गर्न पाउनेछ ।

नेपालमा सञ्चालित बैक तथा वित्तीय संस्थाहरुमध्ये यस बैंकको सबैभन्दा धेरै शाखा रहेको छ ।  एनआइसी एसिया बैंकसँग हाल ३६० शाखा, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर र ६१ शाखारहित इकाई छन् ।

प्रकाशित मिति : February 9, 2024 at 1:45 pm