१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

एमाले दोलखाको अध्यक्षमा नर बहादुर श्रेष्ठ विजयी

२५ माघ, दाेलखा । नेकपा एमाले दोलखाको १० औं अधिवेशनबाट अध्यक्षमा नर बहादुर श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ३३३ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिष्पर्धी इश्वरचन्द्र पोखरेलले २३८ मत ल्याएका छन् । अध्यक्ष पदका अर्का प्रतिष्पर्धी भरत प्रसाद दुलालले ३८ मत मात्रै प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा राजेन्द्र मानन्धर विजयी भएका छन् । उनले ३३६ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी हिरा कुमार तामाङले २६३ मत ल्याएका छन् । त्यस्तै सचिवमा सोयम बहादुर खड्का विजयी भएका छन् । उनले ३०४ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी कृष्ण बहादुर बस्नेतले २८४ मत ल्याएका छन् ।

त्यस्तै उपसचिवमा हरि ओली विजयी भएका छन् । उनले १६१ मत ल्याएका छन् भने उपसचिव महिलामा कमला बस्नेत विजयी भएकी छिन् । उनले २७७ मत प्राप्त गरेकी छिन् । सदस्यहरुको मत भने गणना जारी छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार २०:१२