५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

अर्जुन पराजुली कवि हुन कि एमाले बिरोधी स्रष्टा ?

१७ असोज, काठमाडौँ । कवि अर्जुन पराजुली भ्रष्टाचार विकृतिको विरूद्धमा कलम मार्फत समाजको आवाज बोल्ने गर्नुहुन्छ । समाजको यथार्थ कविता मार्फत चित्रण गर्दै आउनुभएका पराजुली माथि नेकपा एमालेको विरूद्धमा उभिएको र नेताहरूको विरूद्धमा कविता मार्फत विष वमन गरेको आरोप छ ।

पराजुली माथिको यो आरोप नयाँ भने होइन । उहाँको कलम जति तिखो हुँदैछन एमालेजनहरू त्यतिनै अर्जुनले आफूहरूको विरूद्धमा बोलेको र लेखेको महशुष गर्छन । समय समयमा नेकपा एमालेका नेताहरूले अर्जुनका बारेमा सार्वजनिक रूपमै टिप्पणी समेत गर्ने गरेका छन । युवा र विद्यार्थी नेताहरूले त सयाैँ चेतावनी समेत दिइरहेका हुन्छन ।

बुधबार कवि पराजुले बाढी पीडितको विषय समेटिएको एक यथार्थपरक कविता सामाजिक सञ्जाल मार्फत सेयर गर्नुभयो त्यसमा कोशी प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले एमालेविरूद्ध कविता नलेख्न अुरोध गर्नुभयो ।

उहाँले केपी शर्मा ओली जत्तिको राष्ट्रिय सोच र दृष्टिकोण भएको र देश विकासको सोच भएको अरू समकालीन नेता भए अगाडी प्रस्तुत गर्न अनुरोध गर्नुभएको छ । एमालेबिरूद्ध कविता लेख्न काम सच्याउन अनुरोध गर्दै मुख्यमन्त्री कार्कीले कहिलेकाँही सकारात्मक पनि बनिदिन अनुरोध समेत गर्नुभएको छ ।

प्रकाशित मिति : October 3, 2024 at 12:15 pm