५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

बुधबार दुई इन्स्योरेन्स कम्पनीमा झुम्मिए लगानीकर्ता

२४ माघ, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बुधबार बजार ४.९२ अंकले बढेर २०९०.६४ विन्दुमा बन्द भएकाे छ ।

बुभबार सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको यस दिन २४ करोड ८२ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६२ लाख ४७ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ६ करोड ५९ लाख ३४ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको ६ करोड ११ लाख ९८ हजार रुपैयाँ र सोनापुर मिनरल्सको ५ करोड ८६ लाख ६५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार १५:१७