५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

आज हिमालयन रि इन्स्योरेन्स र माउन्टेन इनर्जीमा झुम्मिए लगानीकर्ता

२३ माघ, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । मंगलबार नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ विन्दुमा पुगेको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। आज २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको ७६ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

मंगलबार सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको यस दिन ३३ करोड ७६ लाख २ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, माउन्टेन इनर्जीको १६ करोड ६५ लाख ५४ हजार रुपैयाँ, नेपाल रि इन्स्योरेन्स कम्पनीको ८ करोड ७४ लाख ६१ हजार रुपैयाँ, नेपाल दुरसंचार कम्पनीको ७ करोड ३५ लाख ९३ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको ७ करोड ३० लाख ५६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १५:२४