नेप्सेमा एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई सूचीकृत
२२ माघ, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई सूचीकृत भएको छ। नेप्सेमा साेमबार फण्डको ९ करोड ५ लाख इकाई सूचीकृत भएको हो।
एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सो फण्डले १० करोड इकाई सर्वसाधारणमा निष्काशन गरेको थियो। सोमध्ये वितरण गरिएको ९ करोड ५ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो। उक्त इकाई दोस्रो बजारमा कारोबार गर्नका लागि एनआईसीजीएफ २ टिकर प्रदान गरिएको छ।
प्रकाशित मिति : २२ माघ २०८०, सोमबार १३:५७












