१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

सिद्धार्थ बैंकको २ लाख ४० हजार कित्ता सेयर बिक्रीमा

२२ माघ, काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ४० हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौँको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनीको सचिवालयमा आफुले लिन चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ।

सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । साथै, तोकिएको समयभित्र बिक्रीमा राखिएको सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाइएको छ ।

प्रकाशित मिति : February 5, 2024 at 11:51 am