६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

सोमबार पनि घट्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य

२२ माघ, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार पनि सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैँयाले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार ११:०४