५ पुष २०८२, शनिबार | Sun Dec 21 2025

आइतबार दुई इन्स्योरेन्स कम्पनीमा झुम्मिए लगानीकर्ता

२१ माघ, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आज ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँ बराबरको ९२ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आइतबार हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको यस दिन ३३ करोड ५८ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख ६८ हजार रुपैयाँ, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १२ करोड ३ लाख २२ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ११ करोड ८८ लाख ७४ हजार रुपैयाँ र रिडी पावर कम्पनीको ११ करोड २ लाख ७१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २१ माघ २०८०, आईतवार १५:२३