बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार
१७ माघ, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ विन्दुमा पुगेको छ। आज ५ अर्ब २९ करोड ४२ लाख ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढेकाे छ ।
बुधबार हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ८३ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्क्चरको २६ करोड १ लाख ७२ हजार रुपैयाँ ,नेपाल ङादी ग्रुप पावरको २४ करोड २६ लाख ४८ हजार रुपैयाँ, रिइन्स्योरेन्स कम्पनीको १९ करोड ८९ लाख ४८ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको ११ करोड ७४ लाख ४० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १५:२२












