५ पुष २०८२, शनिबार | Sun Dec 21 2025

हिमालयन रि इन्स्योरेन्स र ङादी ग्रुप पावरको भयो सर्वाधिक कारोबार

१६ माघ, काठमाडाैँ । साताको तेस्राे कारोबारको दिन मंगलबार सेयर बजारमा दाेहाेराे अंकको सुधार आएको छ । मंगलबार नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। आज ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको यस दिन ७५ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको २२ करोड २० लाख ३३ हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड ७८ लाख ४४ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १४ करोड ९७ लाख ९३ हजार रुपैयाँ र यूनाइटेड मोदी हाइड्रोपावरको १३ करोड ४९ लाख २३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार १५:१९