आज हिमालयन रि इन्स्योरेन्स र ङादी ग्रुपमा झुम्मिए लगानीकर्ता
१४ माघ, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आइतबार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। आज ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ५१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आइतबार सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको यस दिन ३३ करोड ५३ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको २३ करोड ५३ लाख ७३ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ३४ लाख ६४ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १४ करोड ३४ लाख ८ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको १३ करोड २७ लाख २९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १५:२४












