२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

नुवाकोटको डाडाँगाउँमा काठमाडौंको बिजुली, पूर्णलाल श्रेष्ठको पहलले पायो सार्थकता

१४ माघ, काठमाडौं । नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. १ स्थित डाडाँगाउँमा काठमाडौं जिल्लाको बिजुली पुगेको छ । डाडाँगाउँ नुवाकोट जिल्लाको साविक ओखरपौवा गाविस वडा नं. ९ मा पर्छ । भुगोलको हिसाबले खोलापारी रहेको भूभाग काठमाडौं हो । काठमाडौंको भू-भाग बिचमा रहेको झण्डै ४० घरधुरी रहेको डाडाँगाउँ मात्रै नुवाकोट हो ।

लामो समयदेखि नुवाकोटबाट बिजुली पुर्याएपनि भूभागका हिसाबले समस्या हुँदै आएको थियो । ४० घरदुरीलाई नुवाकोटबाट थ्रि फेज लाईन पुर्याउन मुस्किल भईरहेको थियो । घरायसी प्रयोजनको लागि लाईन तानेर डाडाँगाउँ पुर्याएपनि लोड पर्ने खालको लागि बत्ति नपुगेपछि डाडाँगाउँले हरेक निर्वाचनमा यसलाई मूख्य विषय बनाउँदै आएको थियो ।

गएको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नुवाकोट क्षेत्र नं. १ प्रदेश सभा २ बाट उम्मेद्वार रहेका पूर्णलाल श्रेष्ठले आफ्नो पहलमा डाडाँगाउँमा काठमाडौंको बिजुली पुर्याका हुन् । गाउँका केही व्यक्तिहरुसँग निरन्तर छलफल गरि नेता श्रेष्ठ आफैँ नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भई निवेदन दिएपछि लगातारको अन्तरसंवाद र ताकेता पछि डाडाँगाउँमा पोलको काम शुरु भएको थियो ।

विद्युत प्राधिकरणले डाडाँगाउँको लागि छुट्टै ट्रान्सफरमर जडान गरेको छ । अहिले डाडाँगाउँबासीको घर–घरमा काठमाडौंको बिजुली बल्न थालेको छ । गाउँकमा काठमाडौंको ३ फेज लाईन सहितको बिजुली आईपुगेपछि स्थानीयले नेकपा एमालेका बागती प्रदेश कमिटी सदस्य पूर्णलाल श्रेष्ठलाई गाउँमै बोलाएर धन्यवाद ज्ञापन गरेका छन् ।

यहि क्रममा श्रेष्ठले आफुले गठबन्धनका कारण निर्वाचनमा हार व्यहोर्नु परेपनि निरन्तर जनताको साथमा रहेर काम गरिरहेको बताए । यस अघि ककनी ४ मा रहेको विद्यालयमा जापानीज संस्थाको सहकार्यमा विभिन्न कक्षाहरु संचालन समेत आफ्नै पहलमा गरेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार ११:४८