२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

१६ अर्ब ठगेर भागेका रविका व्यवसायिक साझेदार जिबी राईविरूद्ध डिफ्युजन नोटिस जारी

१३ माघ, काठमाडाैँ । १६ अर्ब ठगेर भागेका गितेन्द्रबाबु (जिबी) राईविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस पत्राचार गरेपछि इन्टरपोलमार्फत सो नोटिस जारी भएको प्रहरीले जनाएको छ ।

जिबीविरूद्ध देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासहित दर्जनौँ संघ संस्था खडा गरेर फरार रहेको भन्दै विश्वभर खोजतलासका लागि सहजीकरण गर्न शुक्रबार साँझ अध्यक्ष राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको हो। प्रहरीको इन्टरपोल शाखाले डिफ्युजन नोटिस जारी भएको पुष्टि गरेको छ ।

काठमाडौंमा हाम्रो नयाँ कृषि सहकारी संस्था, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगन्जमा समनता बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बचत तथा ऋण सहकारी संस्था, वीरगन्जमा सोना पाइला बचत तथा ऋण सहकारी संस्था चलाएर जिबीले सर्वसाधारणको पैसा उठाएका थिए । उनको गिरोहलाइ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको समूहले साथ दिएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार २२:२७