हिमालयन रि इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
११ माघ, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । गत साताको मंगलबारदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ। आज नेप्से परिसूचक ३.४९ अंकले घटेर २०८४.०९ विन्दुमा बन्द भएको छ ।
बिहीबार हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको यस दिन २८ करोड ६७ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको १९ करोड ६५ लाख ७३ हजार रुपैयाँ, अरुण काबेली पावरको ९ करोड १८ लाख ५ हजार रुपैयाँ, अपी पावर कम्पनीको ९ करोड ८ लाख २९ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको ७ करोड ७४ लाख १्र३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १५:२६












