आज यी कम्पनीको भयो सबैभन्दा बढी कारोबार
१० माघ, काठमााडौँ । नेप्से परिसूचक पछिल्लो ५ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको छ। बुधबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आज ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँ बराबरको १ करोड १० लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको यस दिन २५ करोड १५ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको १३ करोड ५ लाख ६८ हजार रुपैयाँ, अरुण काबेली पावरको १३ करोड ५५ लाख २५ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड १० लाख १८ हजार रुपैयाँ र अपी पावर कम्पनीको १० करोड ८४ लाख ८ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रकाशित मिति : १० माघ २०८०, बुधबार १५:२६












