७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

यस्तो छ आज सुनचाँदीको मूल्य

९ माघ, काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार पनि छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैंयामा कारोबार भएको थियो ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार ११:४१