७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

हिमालयन रि इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

८ माघ, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । सोमबार नेप्से सूचक ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा झरेको छ।

सेयर बजारमा गिरावट  आएपनि हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । आज कम्पनीको ७८ करोड ६३ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ३१ करोड १ लाख ३० हजार रुपैयाँ,अपी पावर कम्पनीको २४ करोड २७ लाख ३२ हजार रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १६ करोड २१ लाख ३८ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड १ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १५:१०