९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

कृषि विकास बैंकको नाफामा सुधार, खराब कर्जा घट्दा प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा

७ माघ, काठमाडाैँ ।  कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको पुस मसान्तसम्मको वित्तीय अवस्था अनुसार पुस मसान्तसम्म बैंक नाफामा गएको हाे। गत आवको दोस्रो त्रैमासमा १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ ऋणात्मक रहेको बैंक चालु आवको सोही अवधिमा १ अर्ब ३५ करोड ५२ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आवको पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ४८ करोड ७३ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंककाे खुद ब्याज आम्दानी ३ अर्ब ७२ करोड ९२ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन नाफा १ अर्ब ८४ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिमा ११ करोड १५ लाख ४१ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । बैंकको वितरणयोग्य नाफा भने ७५ करोड २१ लाख ९४ हजार रुपैयाँ रहेको छ । कृषिको खराब कर्जा दर ४.५२ प्रतिशत विन्दुबाट घटेर ३.०२ प्रतिशतमा झरेको छ ।

हाल यस बैंकको चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ३८ करोड रुपैयाँ जम्मा रहेको छ । याे अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ ७९ पैसा रहेको छ ।

प्रकाशित मिति : January 21, 2024 at 2:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/