७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

बढ्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य

७ माघ, काठमाडाैँ । साताको पहिलो कारोबार काे दिन सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । आज  चाँदीको भाउ ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९५ रुपैंयामा कारोबार भएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार ११:२०