१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

राष्ट्रिसभा निर्वाचनका मतदातालाई सत्ता गठबन्धनका तर्फबाट गोकर्ण रिसोर्टमा भव्य भोज

६ माघ, काठमाडौँ । सत्तारूढ गठबन्धनले राष्ट्रिसभा निर्वाचनका मतदातालाई काठमाडौँको गोकर्ण रिसोर्टमा भव्य भोज दिएको छ । शनिबार दिउँसैदेखि गोकर्ण रिसोर्टमा रहेका सत्ता गठबन्धनका मतदाता आज रोसर्टमै बसेका छन । दिउँसै उम्मेदवार परिचायत्मक कार्यक्रम भनेर आयोजना गरिए पनि मतदाताका लागि भोज रहेको सहभागी एक नगरपालिकाका प्रमुखले दैनिकीसँग बताए । उनले रहर नभए पनि गठबन्धनका तर्फबाट उर्दी भएकाले गोकर्णमै बस्न लागिएको जानकारी दिए ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि यही माघ ११ गते चुनाव हुँदैछ। सत्ता गठबन्धनले यसअघि नै आफ्ना उम्मेदवार जिताउन संयुक्त रूपमा अपिल नै गरिसकेको छ । राष्ट्रियसभा निर्वाचनका मतदाता निश्चित छन्। प्रदेशसभाका सदस्य तथा स्थानीय तहका प्रमुख–अध्यक्षरउपप्रमुख–उपाध्यक्ष मतदाता हुन् । अहिले सबै एमालेको रहेको १९ सिट यो चुनावसँगै सबै सत्ता गठबन्धनको कब्जामा जाँदैछ ।

राष्ट्रियसभामा बागमती प्रदेशबाट ४, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३/३ तथा कोशी, मधेस र लुम्बिनीबाट २/२ जना सदस्यको चुनाव हुँदैछ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर राष्ट्रियसभामा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार २०:१८