७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

हिमालयन रि इन्स्योरेन्स र सोनापुरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

४ माघ, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२४ अकंले घटेर २१५५.८२ बिन्दुमा बन्द भएको छ ।

बिहीबार सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको ३० करोड १८ लाख ८० हजार रुपैयाँ ,ङादी ग्रुप पावरको २३ करोड ४९ लाख ४३ हजार रुपैयाँ, रिडी पावर कम्पनीको १६ करोड ९८ लाख ४२ हजार रुपैयाँ र नेपाल वेयर हाउजिङ कम्पनीको १५ करोड २८ लाख ३६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १५:२४