७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

चार कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

४ माघ, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२४ अकंले घटेर २१५५.८२ बिन्दुमा बन्द भएको छ । आज ८ अर्ब ९ करोड १४ लाख ६३ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख २९ हजार ८९३ कित्ता सेयर किनबेच भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा रिडि पावर कम्पनी, सिनर्जी पनवर डेभलपमेन्ट, महुली लघुवित्त र गणपति लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । यी कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १५:१९