७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

हिमालयन रि इन्स्योरेन्स र ङादी ग्रुपमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

३ माघ, काठमाडौँ । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज नेप्से १२.१० अंकले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा बन्द भएको हो । आज ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजार घटेपनि आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको यस दिन ६५ करोड ८४ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ३३ करोड १६ लाख ८६ हजार रुपैयाँ, सोनापुर मिनरल्सको २९ करोड ८२ लाख १० हजार रुपैयाँ, मुक्तिनाथ कृषि कम्पनीको २४ करोड ५० लाख २७ हजार रुपैयाँ र निफ्राको २३ करोड ८९ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार १५:२१