७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

सुनको भाउमा भारी गिरावट, यस्तो छ आजको कारोबार मूल्य

३ माघ, काठमाडौं । साताकाे चाैथाें काराेबारकाे दिन बुधबार सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ११:०८