१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मिर्मिरे लघुवित्तकाे नाफामा ४१.४८ प्रतिशतको गिरावट, प्रतिसेयर आम्दानी पनि घट्यो

३ माघ, काठमाडाैँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेकाे छ ।  लघुवित्तले आज (माघ ३ गते) पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको हो।

लघुवित्तले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.४८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८४ प्रतिशतले घटेर १७ करोड ८५ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४ करोड ७ लाख ७२ हजार रुपैयाँ थियो । याे अवधिमा लघुवित्तको सञ्चालन नाफा पनि ४१.४८ प्रतिशतले घटेर ४ करोड ८५ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ । पुस मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा १ करोड ९८ लाख रुपैयाँ रहेको छ।

६६ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ४२ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५७ पैसा घटेर १० रुपैयाँ २२ पैसा कायम भएकाे छ । भने कम्पनीकाे  प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ४१ पैसा छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार १०:२०