७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

मंगलबार सोनापुर, निफ्रासहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

२ माघ, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.५४ अंकले बढेर दुई हजार एक सय ७५ दशमलव १७ विन्दुमा बन्द भएको हो । आज ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजारमा हरियाली छाउदा मंगलबार साेनापुर मिनरल्सकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन २८ करोड ३१ लाख ५५ हजार रुपैयाँको काराेबार भएकाे छ । त्यस्तै, निफ्राको २३ करोड रुपैयाँ, एनआरएन इन्फास्टक्चर डेभलपमेन्ट २१ करोड रुपैयाँ, हिमाल खोला हाईड्रोपावरको १७ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार १५:३३