आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
२ माघ, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.५४ अंकले बढेर दुई हजार एक सय ७५ दशमलव १७ विन्दुमा बन्द भएको हो । आज ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट र नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।
त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने अप्पर तामाकोशी हाईड्रोपावर, न्याग्दी ग्रुप पावर र हिमालयन रि को सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।
प्रकाशित मिति : २ माघ २०८०, मंगलवार १५:१९












