१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

ग्लोबल आइएमई क्यापिटलकाे सीईओमा मन्दिप लुइँटेल नियुक्त

२ माघ, काठमाडाैँ। ग्लोबल आइएमई क्यापिटलको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मन्दिप लुइँटेल नियुक्त भएका छन्।

कम्पनीको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओ पदमा उनलाई नियुक्त गरेको हो। सप्तरीको राजविराज निवासी लुइँटेल यसअघि सानीमा क्यापिटलमा इन्भेस्टमेन्ट बैंकिङको प्रमुखका रुपमा कार्यरत थिए।भारतबाट एमबीए गरेका लुँइटेलले काठडाैंकाेृ विश्वविद्यालयबाट ईन्जिनियरिङमा स्नातकोत्तर तहको उपाधि हासिल गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार १४:४०