२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्दै हुलास फिनसर्भ हायर पर्चेच

१३ फागुन, काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेच लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २५८.८५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३५८।८५ रुपैयाँ दरमा कुल ७४ करोड ४६ लाख १३ हजार रुपैयाँ बराबरको २० लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।

बोर्डबाट अनुमति पाएमा कम्पनीले उक्त आइपीओ सर्वसाधारणका लागि निष्कासन गर्नेछ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : 17:42