७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

२ माघ, काठमाडाैँ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले आज(माघ २ गते) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको हो ।

राष्ट्र बैंककाेअनुसार आज एक अमेरिकी डलरको खरिद दर १३२.३२ रुपैयाँ र बिक्री दर १३२.९२ रुपैयाँ रहेकाे छ । त्यस्तै एक युरोको खरिद दर १४४.८४ रुपैयाँ बिक्री दर १४५.४९ रुपैयाँ तोकिएको छ ।

एक अष्ट्रेलियन डलरको खरिद दर ८८.१८ र बिक्री दर ८८.५८ रहेको छ । एक बेलायती पाउण्डको खरिद दर १६८.४३ रुपैयाँ र बिक्री दर १६९.१९ रुपैयाँ रहेको छ । त्यस्तै १० जापानीज येनको खरिद दर ९.०९ र बिक्री दर ९.१३ रुपैयाँ कायम रहेकाे छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार १०:२३