२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

टुँडिखेलमा भीड अनियन्त्रित हुँदा ८ जना घाइते

१ माघ, काठमाडाैँ । काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा ८ जना घाइते भएका छन् । माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारणकाे भीड अनियन्त्रित हुँदा चेपिएर ८ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार अनियन्त्रित हुँदा भीडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । घाइतेको अवस्था सामान्य नै रहेको एसपी ढुंगेलले बताए।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार १७:००