७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

माघ महिनाको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

१ माघ, काठमाडाैँ । माघ महिनाको पहिलो दिन सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन प्रतिताेला ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन तोलाको १ लाख १८ हजार ९५० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

अघिल्लाे काराेबारकाे दिन आइतबार छापावाल सुन १ लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुन तोलाको १ लाख १८ हजार ६५० रुपैयाँमा काराेबार भएको थियो ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि सोही दरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार ११:५९