२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

ललितपुरकाे इमाडाेलमा लुगा सुकाउँदै गरेकी महिला इनारमा खसिन्, उद्धार गर्दै प्रहरी

१ माघ, काठमाडौं । ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छिन्। लुगा धोएर सुकाउन लागेकी  २८ वर्षिया न्युटन प्रधान इनारमा खसेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दोलखा घर भएकी प्रधान इमाडोल बस्दै आएकी थिइन् ।

कपडा धोएर सुकाउन जाने क्रममा स्ल्याब भाँच्चिएर प्रधान इनारमा खसेकी हुन्। नेपाल प्रहरीको विपद् उद्धार टोलीले अहिले उनको उद्धारको प्रयास गरिरहेको छ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार ११:५८