८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

नेपाल रि इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२९ पुस, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.६२ अकंले बढेर २१२०.६२ बिन्दुमा बन्द भएको छ ।

आज ३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ । नेप्से उकालो लाग्दा आज नेपाल रि इन्स्योरेन्सको प्रमोटर शेयर सबैभन्दा बढी बिक्रि भएको छ।

आज कम्पनीको ३५ करोड ६८ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको २४ करोड ३ लाख १२ हजार हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको ११ करोड ८३ लाख ११ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ११ करोड १४ लाख १४ हजार रुपैयाँ र अरुण कावेली पावरको ११ करोड ६ लाख ७८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार १५:१७