२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

न्यायाधीश गिरीकी पत्नीद्वारा सर्वोच्च अदालतमा आत्मदाहकाे प्रयास

२९ पुस, काठमाडाैँ । न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन्। आइतबार दिउँसो सर्वोच्च पुगेकी गिरीकी श्रीमती आरतीले अदालत परिसरभित्र नै तरल पदार्थ आफैमाथि खन्याएर आगो लगाउने काेशिस गरेकी थिइन् ।

प्रहरीले उद्धार गरी उनलाई अस्पताल लगेकाे जनाएको छ। आरतीले आफ्ना श्रीमान गिरीमाथि वैवाहिक बलत्कारको मुद्दा हालेकी छन्। गिरीलाई थुनामा राख्न माग राख्दै आएकी छन्।

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार १४:४३