७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२९ पुस, काठमाडौं । पुस महिनाको अन्तिम कारोबारकाे दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँर तेजावी सुन १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । आज  चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०० रुपैंयामा कारोबार भएको थियो ।

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार ११:५३