२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ६० कर्मचारीलाई रोजगारीको अवसर (सूचनासहित)

२७ पुस, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ६० जना कर्मचारी माग गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै नवौंदेखि चौथो तहसम्मका रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ती गर्नका लागि  दरखास्त आह्वान हो।

व्यापार कम्पनीले ६ जना सह-विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एक/एक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत,  प्राविधिकतर्फका २ जना अधिकृत, ९ जना वरिष्ठ सहायक,  प्राविधिकतर्फ २ जना वरिष्ठ सहायक, २ जना सब इन्जिनियरतर्फका वरिष्ठ सहायक र २२ जना प्रशासन सहायकमा कर्मचारी माग गरेको छ ।

आवेदन आगामी माघ १८ गतेसम्म दिन सक्नेछन् । साथै, दोब्बर दस्तुरमा माघ २५ गतेसम्म दिन सक्नेछन् । आवेदन दस्तुर पदअनुसार फरक-फरक निर्धारण गरिएको छ।

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार १३:३६