२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

खेलकुद मन्त्री लिम्बूलाई पत्नीशोक

२७ पुस, काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ । मन्त्री लिम्बूकी श्रीमती गङ्गामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले जानकारी दिए । उनको मोरङको लेटाङस्थित आफ्नै निवासमा निधन भएको हो ।

गङ्गामाया लामो समयदेखि क्यान्सरबाट पीडित थिइन् । उनको आजै अन्त्येष्टि गरिने बताइएको छ । गङ्गामायाका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार १२:०२