७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२७ पुस, काठमाडाैँ । निरन्तर चार दिनदेखि घटेको सुनको मूल्य शुक्रबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला एक हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार ११:१५