७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

सुनको मूल्यमा निरन्तर गिरावट, कतिमा हुँदैछ कारोबार ?

२६ पुस, काठमाडाैँ । निरन्तर चार कारोबार दिनदेखि सुनको मूल्यमा गिरावट आएको छ । सोमबारदेखि घट्न सुरु गरेको सुनको मूल्य आज बिहीबार पनि निरन्तरता दिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज सुन प्रतितोला दुई सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा खरिद बिक्री भएको छ ।

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार ११:१५