घलेम्दी हाईड्रोको हकप्रद सेयर बाँडफाँड
२६ पुस, काठमाडाैँ। घलेम्दी हाइड्रो लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । कम्पनीले निष्कासन गरेको हकप्रद सेयर पुस २५ गते बाँडफाँड गरिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १:२ को अनुपातमा २०० प्रतिशतले हुन आउने १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । जस मध्ये रितपूर्वक आवेदन दिने २८ हजार १ सय २१ जना सेयरधनीहरुलाई ७७ लाख ८२ हजार २ सय ७६ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। यस हिसाबमा कम्पनीको ३२ लाख १७ हजार ७ सय २४ कित्ता हकप्रद बिक्री भएको छैन । यो सेयर अब लिलाममा आउने छ ।
कम्पनीले हकप्रद भन्दा बढीको लागि आवेदन दिएका शेयरधनीहरुलाई पुस २९ गतेदेखि आईपीएस मार्फत आवेदकको बैंक खातामै रकम फिर्ता गरिने जनाएको छ ।
प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार ०९:४६












